दफा ५१
राष्ट्रहित प्रतिकूल काम गर्न नहुने

(१) कसैले राष्ट्रहित प्रतिकूल हुने कुनै काम गर्नु वा गराउनु हुँदैन ।
(२) उपदफा (१) को प्रयोजनका लागि कसैले देहायको कुनै काम गरे वा गराएमा राष्ट्रहित प्रतिकूल काम गरेकोमानिनेछः–
(क) नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता,स्वाभिमान वा नेपालको अन्तरराष्ट्रिय छवि उपर अपमान हुने, होच्याउने वा घृणा वा द्वैष फैलाउने,
(ख) नेपालको अन्तरराष्ट्रिय सीमा अतिक्रमण गर्ने वा छिमेकी मुलुकसँग सहमति भएको अवस्थामा बाहेकसीमास्तम्भ हटाउने वा सीमास्तम्भ राखिएको ठाउँ परिवर्तन गर्ने वा नेपालको भौगोलिक वा प्रादेशिकअखण्डता उपर प्रतिकूल हुने गरी सीमास्तम्भ परिवर्तन गर्ने ।
(३) नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडी वा खेलाडीहरुसँग प्रतिस्पर्धा गर्न कुनैखेल खेल्ने नेपाली खेलाडी वा खेलाडीहरुको समूहले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाईप्रतिकूल हुने गरी मिलोमतोमा वा कसैको प्रलोभनमा वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वाखेलाउन हँुदैन र त्यसरी कुनै खेल खेलिएको रहेछ भने राष्ट्रिय हित विरुद्धको कसूर भएको मानिनेछ ।
(४) उपदफा (२) वा (३) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहायको सजाय हुनेछः–
(क) उपदफा (२) बमोजिमको कसूर भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना,
(ख) उपदफा (३) बमोजिमको कसूर भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना ।
(५) कसैले उपदफा (२) वा (३) बमोजिमको कसूर गर्दा कुनै रकम लेनदेन गरेको भएमा उपदफा (४) बमोजिमको सजायका अतिरिक्तलेनदेन गरेको रकम समेत जफत हुनेछ ।
(६) उपदफा (३) बमोजिमको कसूर गर्ने आदेश वा निर्देशन दिने, त्यस्तो कसूर गर्न दुरुत्साहन दिने वा उक्साउने,त्यस्तो कसूर गर्न मद्दत गर्ने व्यक्तिलाई मुख्य कसूरदार सरह सजाय हुनेछ ।
(७) उपदफा (२) वा (३) बमोजिमको कसूर सार्वजनिक पद धारण गरेको व्यक्ति वा नेपाललाई प्रतिनिधित्व गर्ने व्यक्तिलेविदेशमा गएका बखत गरेको रहेछ भने निजलाई तीन वर्षसम्म थप कैद हुनेछ ।